घुस काण्डको अडियो सार्वजनिक भएका मन्त्री ओलीकै मन्त्रिमण्डलमा, अझै संसदमा भन्छन्- म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न

बुधबार, ०७ साउन २०८२, १६ : १७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका विरुद्धमा आफूले बोल्दै आइरहेको बहुचर्चित भनाइ पुनः दोहोर्याएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै प्रधानमन्त्रीले ओलीले आफू नेतृत्वको सरकार सुशासनमा प्रतिबद्ध रहेको दाबी गरे ।

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले सुशासनको पक्षमा के काम गरिरहेको छ भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसहरुको फेसन हुने गर्दछ, प्रधानमन्त्रीलाई अलिकति लान्छाना नलगाइ नहुने त्यस्तै मानिसहरुले कहिले पित्तल चढायो भनेर हल्ला गर्छन्, अहिले पनि छानबिन होस् भनेर कराउँछन् ।

प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा रहेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए भने घुस लेनदेनसम्बन्धी अर्को ३२ लाख लिएको दाबी गरिएको अडियोमा नाम उल्लेख भएका भूमिसुधार मन्त्री बालाराम अधिकारी पदमै छन्।

 
बुधबार, ०७ साउन २०८२, १६ : १७

प्रतिक्रिया