काठमाडौं- संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५९ दिनदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै नयाँ रेकर्ड बनाएका छन् । यद्यपि, उनीहरूको अवरोधका बावजुद संसद् बैठक चलिरहेको छ । अवरोधको प्रभाव कमजोर बनेपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठकमा आफ्ना कुरा राखेर बाहिरिने रणनीति अपनाएका छन् ।
तकालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै २०५७ माघ २६ गतेदेखि चैत २३ गतेसम्म एमालेले ५७ दिनसम्म संसद् अवरुद्ध गरेको थियो । यस्तै २०७८ भदौ २३ गतेदेखि २०७८ चैत १ गतेसम्म एमालेले १८७ दिन संसद् अवरुद्ध गरेको थियो । सबै भन्दा लामो समय अवरोध गर्ने रेकर्ड भने एमालेकै नाममा रहेको छ ।
आज बिहीबारको बैठक, दिउँसो १ बजेका लागि तय भएको भए पनि केही ढिलो सुरु भयो । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले बोल्ने समय दिएपछि रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारमाथि दमनकारी शैली अपनाएको र भिजिट भिसा प्रकरणमा पारदर्शी छानबिन गर्न तयार नभएको आरोप लगाइन् ।
प्रतिक्रिया