कृषि उद्यम केन्द्रले कृषि व्यवसायीको समस्या पहिचान गरी समाधान गर्ने

विहीबार, ०८ साउन २०८२, १६ : ५०

काठमाडौं- कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान कृषि क्षेत्र तथा कृषि व्यवसायका नीतिगत समस्याका सन्दर्भमा सरोकारवालाहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषि उद्यम केन्द्रका सभापति डी.बि. बस्नेतको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा यो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, केन्द्र सदस्यहरू रविन पुरी, सरस्वती गुरुङ कृषि उद्योग केन्द्रका सञ्चालक सदस्यहरू प्रह्लाद दाहाल, कृष्णभक्त श्रेष्ठ, मनोज चापागाईँ, खोजराज कटुवाल, सुनिता न्हेम्हाफुकी लगायतका कृषि व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो । 

a25fa3ef-5fbb-45da-96b9-f03f8cec5fb4

कार्यक्रममा सबै व्यवसायीहरूले आ-आफ्नो क्षेत्रको समस्या राखेको कुरा कृषि उद्यम केन्द्रका सञ्चालक प्रह्लाद दाहालले जानकारी गराए । कृषि क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने कुरा केन्द्र सदस्य रविन पुरीले बताए। यहाँ उठेका कुरा कृषि उद्यम केन्द्रले अध्ययन गरी सम्बन्धित निकायमा लबिङ गर्ने कुरा उपसभापति राजकुमार कार्कीले बताए ।

प्रमुख अतिथि उपाध्यक्ष हेमराज ढकालले आज उठेका सबै किसिमका समस्यामा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीरता साथ लिने र यसमा लागि पर्ने कुरा बताएका छन् । यसका साथै यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा कृषि उद्यम केन्द्रलाई धन्यवाद दिइएका थिए । 

कार्यक्रमका सभापति एवं कृषि उद्यम केन्द्रका सभापति डी.बि. बस्नेतले छलफल कार्यक्रमबाट आएका समस्याहरूले कृषि उद्यम केन्द्रलाई सरकारसँग कुरा राख्न आवश्यक गम्भीर विषय वस्तु उपलब्ध भएको कुरा बताउँदै उठेका समस्याहरू हल गर्न कृषि उद्यम केन्द्र सधैँ लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरे।

 
विहीबार, ०८ साउन २०८२, १६ : ५०

प्रतिक्रिया