बेथितिको पराकाष्ठा : अनुदान हत्याउन जिवित व्यक्तिलाई मृत घोषणा गर्ने कर्मचारी पक्राउ

विहीबार, ०८ साउन २०८२, १७ : ३४

काठमाडौं - प्रधानमन्त्रीले सुशासनको जति भाषण गरे पनि सरकारी संयन्त्रमा भएका गतिविधिहरुले नै सुशासनको धज्जी उडाएका छन् । यस्तै घटना दार्चुलामा भएको छ ।  कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैङ्कलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामीलाई पक्राउ गरिएको दार्चुला प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले जानकारी दिएका छन् । 

पक्राउ परेकामध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् । दुवै जनालाई बुधवार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र आपराधिक विश्वास घात शीर्षकमा किटानी जाहेरी दर्ता गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

विहीबार, ०८ साउन २०८२, १७ : ३४

प्रतिक्रिया