२५ करोड बरामद प्रकरण : भरिया लामा कारागार चलान, मालिक धरौटीमा रिहा

शुक्रबार, ०९ साउन २०८२, १२ : ०३

काठमाडौं– गत चैत ४ गते टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेका हुन् । 

यस्तै, २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया (ट्रक चालक) फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत ३ वैशाखमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले भरिया लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मालिक भनिएका पौडेल गत असार ३२ गते हाजिर भएका थिए। न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन् । ट्रक चालक लामा भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

 
 
 
 
 
 
शुक्रबार, ०९ साउन २०८२, १२ : ०३

प्रतिक्रिया