अमेरिकी सहयोग नियोगको पत्र ब्लु डायमन्ड सोसाइटीले सार्वजनिक

शुक्रबार, ०९ साउन २०८२, १२ : २०

काठमाडौं–जुलाई २०२५ को मिति उल्लेख गरिएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) को पत्र ब्लु डायमन्ड सोसाइटीले सार्वजनिक गरेको छ । “तपाईँको साझेदारी र सहकार्यका लागि धन्यवाद“ भनिएको उक्त पत्रमा सोसाइटीका एचआइभी परियोजना प्रमुख प्रकाश निरौला र युएसएआइडी सामुदायिक एचआइभी सेवा टोलीलाई सम्बोधन गरिएको हो ।

एचआइभी परियोजनाका लागि युएसएआइडीले सोसाइटीलाई नै दिएको ८ करोड रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने माग चुलिएको बेला युएसएआइडी नेपालका मिसन प्रमुख केटी डोनोहो (Katie Donohoe)को हस्ताक्षरयुक्त सो पत्र सार्वजनिक गरिएको हो । ८ करोड रुपैयाँ ‘गायब’ भएको समाचार बाहिरिएपछि कुनै प्रसङ्ग वा सन्दर्भ नदिई सोसाइटीले युएसएआइडीको पत्र सार्वजनिक गरेको हो ।

“सामुदायिक एचआइभी सेवामा हाम्रो साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै युएसएआइडीबाट प्रशंसा पत्र पाउँदा हामी सम्मानित महसुस गरेका छौँ ।”, भनि लेखेको थियो ।
 

शुक्रबार, ०९ साउन २०८२, १२ : २०

प्रतिक्रिया