सेयर बजार

साताभर ११२ अंकको वृद्धिसँगै नेप्से ३ हजारको विन्दु नजिक, कुन दिनको कारोबार कति ?

शनिबार, १० साउन २०८२, १२ : १३

काठमाडौं- यस साता नेप्से परिसूचक ११२.०१ अंकले बढेर २९८२.६४ विन्दुमा आईपुगेको छ। गत साता २८७०.६३ विन्दुमा बन्द भएको नेप्से यो साता ११२.०१ अंकले बढेर २९८२.६४ को विन्दुमा पुगेको हो ।

बजारको यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता पाँचै कारोबार दिन नेप्से बढेको थियो । सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै गत साता बढेको नेप्से यो साता पनि बढेर बजार १२ महिना पछिकै उच्च विन्दुमा पुगेको हो । 

यस साता औसतमा १९ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो । यो कारोबार रकम ११ महिना (२०८१ भदौ २ गते) यताकै उच्च हो । त्यस्तै सोमबार १६ अर्ब ३२ करोड, मंगलबार २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड र बिहीबार १८ अर्ब ४९ करोडको भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस साताको बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यो नेप्सेमा हालसम्मकै उच्च पूँजीकरण रकम हो ।

 

 
 
शनिबार, १० साउन २०८२, १२ : १३

प्रतिक्रिया