सेयर बजार

नेप्सेमा १८.४४ अंकको गिरावट, २६ अर्ब ५७ करोड माथिको कारोबार

आइतबार, ११ साउन २०८२, १५ : ३१

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६ .३४ प्रतिशतका दरले गुमाए ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार, ११ साउन २०८२, १५ : ३१

प्रतिक्रिया