सागर डिस्टिलरीले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

मंगलबार, १३ साउन २०८२, १० : ३७

काठमाडौं- सागर डिस्टिलरीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले साउन १२ गते कम्पनीले आईपीओ जारी गर्न दिएको निवेदन स्वीकृत गरेको हो। 

अब डिस्टिलरीले सर्वसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

 
मंगलबार, १३ साउन २०८२, १० : ३७

प्रतिक्रिया