सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा

मंगलबार, १३ साउन २०८२, १२ : २४

काठमाडौं- सनराइज ब्लुचिप फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। यो फण्ड लक्ष्मी सनराइज बैंकको प्रबर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ । 

कम्पनीको साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस फण्डले कर सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
 

 
मंगलबार, १३ साउन २०८२, १२ : २४

प्रतिक्रिया