सेयर बजार

तीन हजार विन्दुमाथि पुग्यो नेप्से, कारोबार भने १८ अर्ब ५२ करोडमा झर्‍यो

मंगलबार, १३ साउन २०८२, १५ : २९

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । 

आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक ८.६० प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन डिष्टिलरीको सर्वाधिक ६४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

 
 
मंगलबार, १३ साउन २०८२, १५ : २९

प्रतिक्रिया