काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु १,००० दरका कुल २५,००,००० कित्ता ७% आरबीबीएल डिबेन्चर २०८८ (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले आजै हस्ताक्षर गरेका हुन् ।
उक्त ऋणपत्रको दोस्रो बजारमा मिति २०८२र०४र१५ गतेबाट कारोबार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने च्त्क् सेवा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।
प्रतिक्रिया