स्वस्तिक लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

विहीबार, १५ साउन २०८२, १४ : १९

काठमाडौं- स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो । 

आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले सेयर पाउने छन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साउन ९ गतेसम्म आईपीओ निष्कासन गरेको हो । 

 
विहीबार, १५ साउन २०८२, १४ : १९

प्रतिक्रिया