माओवादीभित्र अन्तरसंघर्ष : सामाजिक सञ्जालमा जनार्दनको प्रतिकार गर्न खुमलटारबाटै टिम परिचालन

विहीबार, १५ साउन २०८२, १९ : ५७

काठमाडौं- नेकपा(माओवादी केन्द्र)भित्र अन्तरसंघर्ष बढ्दै जाँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेतृत्वको रक्षा गर्ने भन्दै प्रचण्ड निवास खुमलटारबाट सामाजिक सञ्जालमार्फत आफ्ना विरोधी विरुद्ध प्रतिवाद गर्न अभियान थालेको छ ।

स्रोतका अनुसार पछिल्लो समय पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि चुनौती दिन थालेपछि त्यसको प्रतिवाद गर्न संगठित रुपमै टिम गठन गरेर खुमलटारबाटै परिचालन गरिएको हो । शुक्रबारदेखि सुरु हुने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा गठित साइबर समूह उपमहासचिव शर्माविरुद्ध केन्द्रित हुँदै सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्ने रणनीति लिएको बुझिएको छ । यसको मुख्य सञ्चालकहरु प्रचण्डको सचिवालयमा रहेका विश्वदीप पाण्डे र अर्का गोकण भट्ट रहेका छन् । 

सामाजिक सञ्जालबाट प्रतिकार गर्न गठित समूहको योजनाकार भने राष्ट्रियसभा अध्यक्ष रहेका प्रचण्डका भाई नारायण दाहालका स्वकिय सचिव विष्णु सापकोटा जुगल रहेको स्रोतको दाबी छ । सापकोटा पूर्वसभामुख एवं माओवादी प्रवक्ता रहेका उपाध्यक्ष अग्नि सापकोटाका भतिज हुन् ।

यसबारेमा प्रतिक्रिया लिन उनै सापकोटालाई सम्पर्क गर्दा उनले संगठित रुपमा टिम परिचालन गरिएको बारेमा भने अस्वीकार गरे । उनले नेतृत्वको रक्षा गर्नु सबैको नेता कार्यकर्ताको दायित्व भएको बताउँदै स्वतस्फूर्त रुपमा नेता कार्यकर्ता नेतृत्वको पक्षमा उभिएको बताए ।

यो पनि पढ्नुस

आफ्नो रक्षाकवच रहेका जनार्दनसँग प्रचण्डको किन बढ्यो टकराव ?

विहीबार, १५ साउन २०८२, १९ : ५७

प्रतिक्रिया