संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

शुक्रबार, १६ साउन २०८२, १७ : ३३

काठमाडौं–नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति गम्भिर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको हो ।

सीडीएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने, र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमुलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।

प्रस्तावित सो व्यवस्था अन्तराष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरित हुने पनि चेम्बरको ठहर छ । 
 

शुक्रबार, १६ साउन २०८२, १७ : ३३

प्रतिक्रिया