सेयर बजार

साताभर ६०.०१ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १७ साउन २०८२, १२ : २७

काठमाडौं- यस साता नेप्से परिसूचक ६०.०१ अंकले बढेर २९२२.६३ विन्दुमा आईपुगेको छ। गत साता २९८२.६४ विन्दुमा बन्द भएको नेप्से यो साता ६०.०१ अंकले बढेर २९२२.६३ को विन्दुमा पुगेको हो ।

गत साता ३ हजारको विन्दुमा पुगेको नेप्से यससाता घटबढ हुँदा अन्तिम दिन घटेर बन्द भएको हो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता एक कारोबार दिन बढेको बजार चार कारोबार दिन भने घटेको थियो । 

यस साता औसतमा २० अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सोमबार १९ अर्ब ३६ करोडको भयो । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भयो । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो ।

 
शनिबार, १७ साउन २०८२, १२ : २७

प्रतिक्रिया