सेयर बजार

नेप्सेमा ४१.७८ अंकको गिरावट, ९ अर्ब ३३ करोडको कारोबार

मंगलबार, २० साउन २०८२, १५ : ३८

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । 

आज समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् । वि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा ट्रेड टावर कम्पनीको ३७ करोड रुपैयाँ र शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

 
मंगलबार, २० साउन २०८२, १५ : ३८

प्रतिक्रिया