काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले माओवादीको नेतृत्वमा एकलौटी राज गरेका प्रचण्डलाई व्यंग्य गरेका छन् । उनले एमाले बनेयता पाँच जना नेतृत्वमा परिवर्तन हुँदा पनि माओवादीमा भने प्रचण्ड नै निरन्तर रहेको भन्दै व्यंग्य गरेका हुन् ।
उनले बहुदलीय व्यवस्थाको स्थापनापछि नेृतृत्व निर्माणका दृष्टिले दलहरुको अवस्था भन्दै कांग्रेस एमाले नेतृत्वको विवरण प्रस्तुत गर्दै निरन्तर नेतृत्वमा रहेका प्रचण्डमाथि कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्–
बहुदलीय व्यवस्थाको स्थापना पछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्थाः
नेकपा(एमाले)को मुख्य नेतृत्व
मदन भण्डारी
मनमोहन अधिकारी
माधव कुमार नेपाल
झलनाथ खनाल
केपी शर्मा ओली
नेपाली कांग्रेसको मुख्य नेतृत्व
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशिल कोइराला
शेरवहादुर देउवा
नेकपा माओवादी केन्द्रको मुख्य नेतृत्व
पुष्पकमल दाहाल प्रचण्ड
प्रतिक्रिया