नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

विहीबार, २२ साउन २०८२, १५ : ४४

काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्‍याएर मिर्गौला निकालेको खुलेको छ ।

संगठित मिर्गौला निकाल्ने गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको जानकारीमा आएको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

 
विहीबार, २२ साउन २०८२, १५ : ४४

प्रतिक्रिया