काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि सञ्चालन अनुमति नवीकरण गरेको हो ।
विभागद्वारा सार्वजनिक गरिएको सूचीअनुसार, काठमाडौं उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनोको इजाजत नवीकरण भएको छ । नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा, झापा, विराटनगर, वीरगञ्ज र पोखरा जस्ता पर्यटकीय तथा व्यापारिक केन्द्रमा रहेका क्यासिनोहरू समेत समावेश छन् ।
काठमाडौँमा होटल मल्ल परिसरको ’श्री बेल्लिज नेपाल’, म्यारियट होटल परिसरको ’श्री डेल्टीइन नेपाल’, सोल्टी होटल परिसरको ’श्री माजोङ्ग इन्टरटेन्मेन्ट’ र तारागाउँ रिजेन्सी होटल परिसरको ’श्री प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन’ लगायतका क्यासिनोको नवीकरण भएको छ।
प्रतिक्रिया