बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित

शुक्रबार, २३ साउन २०८२, १५ : ३६

काठमाडौं- म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिनुभयो । सडक खुलाउने प्रयास भइरहेको उनले बताए । निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ । 

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन् । रासस

 
 
 
शुक्रबार, २३ साउन २०८२, १५ : ३६

प्रतिक्रिया