काठमाडौँ–अर्ध जलाशययुक्त ३ सय ४१ मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी हाइड्रोपावर परियोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भएको छ । अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि स्वदेशी बैंकहरुले लगानी गर्ने गरी बिहीबार सम्झौता भएको हो ।
कुल ७० अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट लगानी जुटाइनेछ । उक्त आयोजना बनाउन विभिन्न ९ वटा बैंकहरुले ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीकरण अन्तरगत लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।
यो सँगै आयोजना निर्माणका लागि बाटो समेत खुलेको छ । बुढीगण्डकीसँगै साउन महिनामै २ सय ८५ मेगावाटको अपर तमोर र २ सय १६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन जुटिसकेको छ ।
ती दुवै जलविद्युत् आयोजनामा समेत नेपालका वाणिज्य बैंकहरुले सहवित्तीयकरण अन्तरगत लगानी गर्नेछन् ।
प्रतिक्रिया