काठमाडौं- यस साता नेप्से परिसूचक ७२.२६ अंकले बढेर २८५०.३७ विन्दुमा आईपुगेको छ। गत साता २९२२.६३ विन्दुमा बन्द भएको नेप्से यो साता ७२.२६ अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको हो ।
यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता एक कारोबार दिन बढेको बजार चार कारोबार दिन भने घटेको थियो ।
यस साता औसतमा करिब २० अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो । पहिलो दिन आइतबार १३ अर्ब ७ करोडको कारोबार भएको छ । यस्तै, सोमबार १० अर्ब ८२ करोड, मंगलबार ९ अर्ब ३३ करोड, बुधबार ७ अर्ब ६३ करोड र बिहीबार ८ अर्ब ५३ करोडको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ६३.७३ अंकले घटेर २८५८.९० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से १६.४६ अंकले बढेर २८७५.३६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १.९४ अंकले घटेर २८३२.०६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच हुदा ७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो ।
आगामी साता पहिलो दिन आइतबार उपत्यकामा सार्वजनिक विदा परेकाले सोमबारदेखि मात्रै बजार खुल्नेछ ।
प्रतिक्रिया