सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

सोमबार, २६ साउन २०८२, १२ : ०८

काठमाडौं- सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै उक्त बोनस सेयर पछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

 
सोमबार, २६ साउन २०८२, १२ : ०८

प्रतिक्रिया