सिद्धार्थ म्युचुअल फन्डका ३ बन्दमूखी योजनाको लाभांश वितरण हुने

सोमबार, २६ साउन २०८२, १२ : ४७

काठमाडौं- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन । 

फण्डहरुले गतवर्षको मूनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को लाभांश वितरण गर्ने भएका हुन् । 

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

योजनाहरुको लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि प्रकाशित हुनेछ। यी म्युचुअल फन्डको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक रहेको छ।

 
सोमबार, २६ साउन २०८२, १२ : ४७

प्रतिक्रिया