काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको छ।
नेप्सेमा यसदिन ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन शिवम् सिमेन्टको सर्वाधिक ५३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३६ करोड ६० लाख रुपैयाँ र शाहस उर्जाको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया