राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

मंगलबार, २७ साउन २०८२, १६ : ४८

काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन्। आज मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले स्वेच्छाले पद त्यागेको घोषणा गरेका हुन्।

संघीय निजामती विधेयकमा उल्लेख भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलका कारण खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो। तर, समितिको प्रतिवेदनमा उनलाई कारबाही वा राजीनामाको सिफारिस नभएको उनले स्पष्ट पारे। कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै खतिवडाले भने, “नखाएको विष लाग्दैन।”

उनका अनुसार ‘कुलिङ अफ पिरियड’ विषयमा सबैको सहमति जुटाउन उनले भरपुर प्रयास गरेका थिए, तर पछि उक्त प्रावधानमा छेडछाड भएको हो। खतिवडाले यसबारे सबैभन्दा पहिले छानबिनको माग गर्ने व्यक्ति आफू नै भएको दाबी पनि गरे।

संसदमा सम्बोधनका क्रममा उनले यस घटनामा आफ्नो कुनै स्वार्थ नरहेको पुनः दोहोर्याउँदै आफ्नो कार्यकालमा समितिबाट भएका प्रगतिहरूको विवरण पनि प्रस्तुत गरेका छन् । 

 
मंगलबार, २७ साउन २०८२, १६ : ४८

प्रतिक्रिया