कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

बुधबार, २८ साउन २०८२, ११ : १२

काठमाडौं- गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भएको छ। 

अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ७८ लाख रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेको हो। एक वर्षको अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३६ प्रतिशतले बढेको छ। 

कम्पनीले कुल ८अर्ब २ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरि २२ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ भने यस अवधिमा ६२ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। 

गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत र रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको तुलनामा कम्पनीको सेयर मूल्य बढेर प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.६३ रुपैयाँ पुगेको छ। 

सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुचारु गरेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको अध्यक्षमा शेखर गोल्छा रहेका छन् । कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिँदै आएको छ। 

 
 
बुधबार, २८ साउन २०८२, ११ : १२

प्रतिक्रिया