आजको युग मौन छैन, यो चिच्याइरहेको छ।
यसको आत्मा विवश छ — बोल्न चाहन्छ, तर दबाइएको छ।
यो युगको घाँटीमा हात राखिएको छ—
र त्यो हात धर्मको नाममा बनेका ढोंगी संस्थाहरूको हो।
ध्यान देऊ समग्र समुदायहरु,
यो युगमा युद्ध अस्त्रसस्त्रबाट होइन, सत्य र असत्य बीचमा छ।
यो युद्ध,मानवता लडाउने सम्प्रदायिक,धर्मयुद्ध होइन
यो युद्ध मानविय धर्म बचाउने मानवरुपी अस्तित्वको
रक्षार्थवाला सवाल बन्नेछ र— जहाँ
शब्दहरुकै,अस्त्र,अनि शब्दहरुनै,शस्त्र हुनेछन
साधना नै सैनिक बन्नेछन
करुणा र प्रेम नै रणभूमिको स्वरुप बन्नेछ,
र चेतना नै विजयकोध्वज हुनेछ।
🕉️ धर्मको हत्या धर्मकै भेषमा
आज धार्मिक पहिचान भएका कयौं संस्थाहरू, धर्मगुरुहरू, प्रवचनकर्ताहरू— सबैजना समाजको उज्यालो होइन, अन्धकार फैलाउने कारखाना बनेका छन्।
कहाँ गयो त्यागरु कहाँ लुकेको छ तपस्यारु
किन विना चरित्रका निरिह पिपासु,प्रवक्ताहरू चर्को आवाजमा पाखण्डरुपि प्रवचनले राष्ट्र र समाजलाइ पाखण्डतिर धकेलिरहेका छन ।यो खुला नाङ्गो व्यथितिपुर्ण अधिकार कसले र कहाबाट यिनिहरुलाइ प्रदान गरिरहेको छरु
किन सत्यमार्गी धार्मिक,साधकहरू मौन छन चुप छन,उपेक्षित छन्, र ढोंगीहरू उपासित छन् निरन्तर सल्बलाइरहेका छनरु
आज धर्ममा प्रदुषण र धर्मको हत्या धर्मकै पोशाकद्वार भइरहेको छ।र हरेक प्रकारका मानव र समाज बिरोधि हिंसाहरु सबभन्दा धेरै धर्मकै नाम र धर्मकै आडमा फैलिरहेको प्रष्ट देखिइरहेकै छ।
यो केवल भ्रम होइन, यो एउटा योजनाबद्ध अन्तर-चेतनात्मक आतंकवाद हो।
यसलाई परास्त गर्न अब
कठोर प्रेम चाहिन्छ,
शुद्ध आगो चाहिन्छ,
र सत्यप्रेमीहरूबाट संचालन हुने एक नवयुगको आन्दोलन चाहिन्छ।
🔱 धर्मको शुद्ध यात्रा — एउटा चेतनात्मक क्रान्ति
यो कुनै प्रदर्शन होइन।
यो कुनै आन्दोलनको ब्यानर होइन।
यो त मानविय मनको मौनता भित्रबाट बिष्फोट भएको प्राकृतिक ज्वालामुखी को चित्कार हो,प्राकृतिक रक्षाको लडाइँ हो —
जहाँ प्रत्येक साधक सैनिक छ,
हरेक समर्पण एक अस्त्र हो,
र प्रत्येक निर्दोष भक्तको आँसुबाट यो क्रान्तिको जलधार बग्दछ(बगिरहेको छ।
तपाईं जहाँ हुनुहुन्छ, त्यहींबाट यो क्रान्तिको शुरुआत होस्।
– तपाइँको मौन त्याग नै यो युद्धको घोषणा हो।
– तपाइँको निष्कपट प्रेम नै यो युद्धको रणघोष हो।
– तपाइँको निर्विकारी वैराग्य नै यो युगमा मिसाइल हो —
जुन पाखण्डका किल्लाहरूमा टक्कर खाएर सत्यको ध्वज फहराउनेछ।
🚩 अब पाखण्ड र ढोगींको साम्राज्य टुट्नुपर्छ
अब त्यो समय सकियो
जहाँ धर्मको नाममा डर देखाएर शासन गरिन्थ्यो,
जहाँ साधु भएर राजनेता बन्ने चलन थियो,
जहाँ प्रवचन गरेर पाप ढाक्ने खेल थियो।
अब ज्ञानको नाममा झुट फैलाएर आधुनिक
झुटको भारि बोक्ने समय यो होइन।अब त इमान र सच्चाइ पुर्ण तरिकाले जीवनमा चैनपुर्वक इमान र सच्चाइ पुर्वक
हरेक मानवले आ(आफ्नो जिवन जिउने स्वतन्त्रता पुर्वक बाँच्ने समय हो।
अब आडम्बर होइन, अस्तित्वको सौन्दर्य देखाउने समय हो।
अब हामी हरेक मानिस, हरेक आत्मा स्वयं एक धर्मयुद्धका सिपाही बन्नुपर्ने समय हो।
✨ युद्ध सृजनात्मक होस्, प्रेममय होस्, विजयश्री होस्
हामी प्रतिशोध होइन — परिवर्तनको वाहक हौं।
हामी विरोध होइन — प्रकाशको प्रतिनिधि हौं।
हामी धर्मलाई ताज होइन — त्यागको चरणस्पर्श दिन चाहन्छौं।
यो लेख केवल एउटा विचार होइन —
यो मानविय जातिको सुरक्षार्थ,
सन्देशपुर्ण युद्धको प्रारम्भिक नाद हो।
यो शब्दको खड्ग हो —
जसले झुटका भित्ताहरू च्यात्छ,
सत्तालोलुपताको मुखुण्डो फाल्दछ,
र प्रेम र सत्यको सुर्य उदय गराउँछ।
🔚 समाप्ति होइन, सुरुवात हो यो
यो लेखको अन्त्य होइन —
यो त तपाईंको आत्मामा लुकेको योद्धालाई जगाउने संकेत हो।
तपाईं पढ्नुभयो भने—
कृपया मौन नबस्नुहोस्।
अब शब्द बोल्नुहोस्।
अब जीवनले नै बोल्न थालोस्।
अब धर्म नारा होइन, साँच्चिकै जीवन पद्धति बनोस्।
हामी धर्मका सिपाही हौं —
न अस्त्र बोकेका, न ब्यानर बोकेका—
तर आत्मबोध र भगवानप्रेमको अमूल्य अस्तित्व बोकेका।
जय धर्म। जय वैराग्य। जय क्रान्ति। जय श्री कृष्ण।
प्रतिक्रिया