काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचिकृत भएको छ ।
बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार सूचीकरण गरिएको जनाइएको छ ।
उक्त ऋणपत्र भोलि साउन २९ गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
प्रतिक्रिया