तीन जिल्ला सिडीओविहीन, कैलालीका सिडीओ गृह तानिए

विहीबार, २९ साउन २०८२, ११ : २५

काठमाडौं– बुधबारबाट तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । भक्तपुर, ललितपुर र दाङ प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् ।  कैलाली कारागार कार्यालयमा कैदीबन्दीको मृत्यु भएको घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।

ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र  भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।

पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।

 
 
विहीबार, २९ साउन २०८२, ११ : २५

प्रतिक्रिया