काठमाडौं– ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई जोगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अरुमाथि मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिल समक्ष बुझाएको छ । सिआइबीको प्रतिवेदनमा गुरुङको संलग्नता नरहेको देखाएर प्रतिवदेन बुझाइएको भन्दै चौतर्फी आलोचना सुरु हुन थालेको छ ।
सीआइबीले धनराजकी पूर्वपत्नी ज्योति गुरुङलाई भने प्रतिवादी बनाउँदै उनीविरुद्ध ३० करोड बिगो मागदाबी गरेको छ। यो बिगो सीआइबीले प्रतिवादी बनाएका ११ जनामध्ये दोस्रो धेरै हो। धनराजले आफू र ज्योतिबीच २०७६ को फागुनमै सम्बन्धविच्छेद भइसकेकोले ज्योतिले अपचलन गरेको रकममा आफ्नो जिम्मेवारी नहुने दाबी गरेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म अनुसन्धान गरेर ललितपुर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ तर कांग्रेस उपसभापति धनराज गुरुङलाई भने प्रतिवादी बनाउन सिफारिस गरिएको छैन। ११ जना प्रतिवादीमा धनराजबाहेक उनकी श्रीमती ज्योती गुरुङ, सुवास खत्री, ज्योतीबहादुर भण्डारी, सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापा लगायत रहेका छन् ।
प्रहरीले ठगीमा धनराजको संलग्नता नदेखिएको भन्दै उनीबाहेक अन्य ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेपछि अहिले सरकारी वकिल कार्यालमा दबाब बढेको छ।
प्रतिक्रिया