काठमाडौं- प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप (WSC) २०२५ को ग्लोबल राउन्ड मा ऐतिहासिक सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएका छन्।
१० सदस्यीय टोलीले ९ स्वर्ण र ३९ रजत पदक जित्दै आगामी डिसेम्बरमा अमेरिकाको येल विश्वविद्यालयमा हुने “टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५” मा आफ्नो स्थान सुरक्षित गरेको छ।
यस यात्राको नेतृत्व कक्षा ११ की श्रुति श्रेष्ठले गर्दै नेपाली शैक्षिक इतिहासमा नयाँ कीर्तिमान स्थापित गरिन्। उनी एकैसाथ तीन महत्वपूर्ण सम्मान जित्दै—ग्लोबल च्याम्पियन स्कलर, जेएसी खोर अवार्ड प्राप्त गर्नका साथै WSC हल अफ फेममा स्थान बनाउने नेपालकै पहिलो विद्यार्थी बनिन्। श्रुतिले मात्र ११ स्वर्ण र ४ रजत पदक जितेर आफ्नो बेजोड क्षमता प्रदर्शन गरिन्।
अन्य उत्कृष्ट प्रदर्शनहरू:
अत्यन्तै चुनौतीपूर्ण यो प्रतिस्पर्धाले विश्वका ३० देशका ५२०० भन्दा बढी विद्यार्थीबीच प्रिमियरको टोलीले ज्ञान, सिर्जनशीलता र आत्मविश्वास मार्फत नेपालको गौरव बढाएको छ।
यस प्रतियोगितामा विद्यार्थीहरूले globally relevant विषयहरूमा debate, creative writing, team problem-solving र knowledge bowl जस्ता गतिविधिहरूमा प्रतिस्पर्धा गर्दै classroom बाहिरको सोच र नेतृत्व क्षमता विकास गर्छन्। बैङ्ककको सफलता काठमाडौंमा सम्पन्न रिजनल राउन्ड बाट सुरु भएको हो, जहाँ प्रिमियरका विद्यार्थीहरूले ५३५ स्वर्ण, ५११ रजत पदक र ३२ ट्रफी जितेर ग्लोबल राउन्डको ढोका खोलेका थिए।
अब टोली डिसेम्बर ८–१४ मा येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्स मा सहभागिता जनाउँदै Oxford-style debates, global writing sessions र सांस्कृतिक आदानप्रदान मार्फत अझै बलियो अन्तर्राष्ट्रिय उपस्थिति जनाउने तयारीमा छ।
नेपालको पहिलो र एकमात्र आईबी कन्टिनम स्कूलका रूपमा प्रिमियरले फेरि प्रमाणित गरेको छ—नेपाली विद्यार्थीहरू पनि विश्वस्तरीय नेतृत्व र प्रतिस्पर्धामा अगाडि रहन सक्छन्, र शिक्षा किताबसम्म सीमित नभई जीवनलाई नै बदल्ने यात्रा हो।
प्रतिक्रिया