काठमाडौं–मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताएका हुन् ।
‘डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैन् । सेवा प्रवाह, सुशासन र सामाजिक आर्थिक विकासमा रूपान्तरण गर्न डिजिटलाइजेसन हुनपर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै अर्यालले डिजिटल पूर्वाधारको विकास र सिस्टमहरूबीच अन्तर आवद्धता हुनुपर्ने जोड दिएका छन् ।
‘वैदेशिक रोजगार, अध्यागमन, खरिद, फाइनान्सियल म्यानेजमेन्ट, राहदानी, नागरिकताका सिस्टमहरू पूराना भइसकेका छन् । एक हिसाबले ‘डेट एक्सपायर’ भइसकेका छन् तर हामीले चलाइरहेका छौं ।’ उनले अगाडि भने, ‘हिजो हामीसँग त्यो क्षमता थिएन । विदेशी कम्पनीको भर परेर जेनतेन बनाएका थियौं । अहिले खोज्दा ती कम्पनी आउँदैनन् । अब त्यो सिस्टमलाई सुधार गर्न तपाईहरू आउनु पर्छ । तपाईहरूलाई आमन्त्रण छ ।’
अमेरिकाको, बेलायतको सिस्टम बनाउछु, सुधार गर्छु भनेर के गर्ने रु नेपालको सिस्टम सुधार्नु पर्यो नि रु भन्दै नेपालका निजी आईटी कम्पनीहरूलाई अर्यालले प्रश्न गरेका थिए । उनी यत्तिमै रोकिएनन । अर्काको बखान गरेर के गर्नु रु आफ्नो सिस्टम सुधार नगरेर हुँदैन् रु पनि भने ।
यसका लागि नीति तथा कानुनमा संशोधन गर्नुपर्ने भए सुझाव दिन आग्रह समेत उनले गरेका थिए । डिजिटल इकोसिस्टम विकासका लागि डिजिटल पूर्वाधारको विकास, दक्ष जनशक्तिको उत्पादन र रिटेन्सन, डिजिटल साक्षरता, अन्तरआवद्धता तथा साइबर सुरक्षामा विशेष काम गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया