नाचघर रेष्टुरेन्ट एण्ड बारको १९ औं वार्षिकोत्सवको अवसरमा भदौ १ गते भव्य कार्यक्रम आयोजना

शुक्रबार, ३० साउन २०८२, २० : २८

काठमाडौं- काठमाडौंको लाजिम्पाटस्थित नाचघर रेष्टुरेन्ट एण्ड बारले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । नाचघरको वार्षिकोत्सवको अवसरमा भदौ १ गते साँझ ७ बजेदेखि भव्य सांगीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक समारोहको आयोजना गर्न लागेको हो । 

उक्त अवसरमा सांस्कृतिक कार्यक्रमसहित सजीव नृत्य प्रस्तुति, जादू शो, हास्य–व्यंग्य कार्यक्रम, विशिष्ट अतिथि कलाकारहरूको प्रस्तुति, रोमाञ्चक लकी ड्र र आकर्षक पुरस्कार, लेट नाइट डीजे, साथै फ्ल्याट २० प्रतिशत छुट लगायतका विविध कार्यक्रम गरिने नाँचघर रेष्टुरेन्ट एण्ड बारले जनाएको छ । लाजिम्पाटस्थित नाँचघर परिसरमा भदौ १ गते बेलुका ७ बजेदेखि हुने कार्यक्रमले अतिथिहरूलाई उत्साह, रमाइलो र अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

१९ वर्षको सफल यात्रामा निरन्तर उत्कृष्ट भोजन, प्रीमियम पेय तथा उच्चस्तरीय मनोरञ्जनको संयोजनमार्फत अतिथिहरूलाई अद्वितीय सेवा प्रदान गर्दै आएको नाचघर रेष्टुरेन्ट एण्ड बारले यो अवसरमा सम्पूर्ण ग्राहक, साथी, शुभेच्छुक र साझेदारहरूलाई आमन्त्रण गरेको छ। 
 

शुक्रबार, ३० साउन २०८२, २० : २८

प्रतिक्रिया