राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा घट्यो, आम्दानीमा भने सामान्य वृद्धि

आइतबार, ०१ भदौ २०८२, १० : ५०

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ।  कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा १६ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। 

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ३ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४६ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा महाविपत्ति कोषमा २ करोड ९० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४४ करोड ५१ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ६२ अर्ब २८ करोड ९६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ५४ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४२.९७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ९ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.६० प्रतिशतले बढेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ५६ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ५.७६ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.६८ रुपैयाँ थियो।

 
 
आइतबार, ०१ भदौ २०८२, १० : ५०

प्रतिक्रिया