तुनइखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

आइतबार, ०१ भदौ २०८२, १० : ५७

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुनइखोलामा फेरि पहिरो खसेको छ । सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

सडकमा ठुला ढुंगा खसेका छन् । सडक विभागसँगको समन्वयमा दुईवटा जेसिबीको सहायताले अवरोध पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 
 
आइतबार, ०१ भदौ २०८२, १० : ५७

प्रतिक्रिया