प्रधानमन्त्री ओलीले पाए भारत भ्रमणको निम्तो

आइतबार, ०१ भदौ २०८२, १५ : १९

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । 

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।

 
 
आइतबार, ०१ भदौ २०८२, १५ : १९

प्रतिक्रिया