सेयर बजार

नेप्सेमा २७.१४ अंकको गिरावट, ७ अर्ब ७३ करोड माथिको कारोबार

आइतबार, ०१ भदौ २०८२, १५ : ३४

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ । 

आज आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले सर्वाधिक ७.९३ प्रतिशतका दरले कमाएका छन्  कमाएका हुन् । यस्तै अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाउँदा कालिका पावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँ र तेस्रोमा नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


 

 
 
आइतबार, ०१ भदौ २०८२, १५ : ३४

प्रतिक्रिया