दार्चुला–गोकुेलेश्वर सडकः पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

सोमबार, ०२ भदौ २०८२, ०९ : ५३

खलंगा–पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि  शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक  रनेबासमा सडक  अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।  गोकुलेश्वरबाट उपकरण  पठाइएको तर निरन्तर ढुंगा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।  जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारीसाधन   उक्त क्षेत्रमा जाममा परेका छन् ।
 

 
सोमबार, ०२ भदौ २०८२, ०९ : ५३

प्रतिक्रिया