डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद : प्राधिकरणले अख्तियारमा पठायो विवरण

सोमबार, ०२ भदौ २०८२, १३ : ५३

काठमाडौं–  नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी निर्णयहरूको विवरण पठाएको छ । 

प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत असार २९ गते नै पत्र पठाएर छानबिनका लागि विवरण माग गरेको थियो ।

आयोगले माग गरे अनुसारको विवरण प्राधिकरणले पठाइसकेको प्राधिकरणले जनाकारी दिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अख्तियारले माग गरे बमोजिम प्राधिकरणले कागजात पठाइसकेको जानकारी दिए । 

उनले भने, ‘हामीले अख्तियारले माग गरे अनुसारका विवरण पठाइसकेका छौँ । अब अख्तियारको के निर्देशन आउँछ। प्राधिकरणको प्रशासकीय पुनरावलोकन समितिले त्यही अनुसार अघि बढ्छ ।’

कार्यकारी निर्देशक शाक्यले प्रशासकीय पुनरावलोकन समितिमा बसेर कोही पनि प्राधिकरणका कर्मचारी डरले कामै गर्न नमानेको बताए ।

‘निर्णय गर्दा भोलि अख्तियार लाग्ने डरले कोही समितिमा बसेर काम गर्न मानेका छैनन्,‘ उनले भने– ‘अख्तियारले अर्को निर्देशन दिएर नरोकेसम्म हामी काम गरिरहन्छौँ ।’

 
 
सोमबार, ०२ भदौ २०८२, १३ : ५३

प्रतिक्रिया