नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

मंगलबार, ०३ भदौ २०८२, १२ : ०१

काठमाडौं–नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ । उनलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए  गर्नु भएका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गरेका छन् ।

 
मंगलबार, ०३ भदौ २०८२, १२ : ०१

प्रतिक्रिया