काठमाडौं– यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ ।
मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो ।
विभागले मंगलबार जारी गरेको सूचनामा भनेको छ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया