काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ६.९८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, पियोर इनर्जीका लगानीकर्ताले ६.०९ प्रतिशत र र्स्टन हाइड्रोपावरका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन यूनाइटेड मोदीको सर्वाधिक ३१ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको २० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया