काठमाडौं- रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । यसअनुसार कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
गत साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया