काठमाडौँ–भारतले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट बिजुली निर्यातका लागि सहमति दिएको छ । मध्यम अवधिको दुई पक्षीय सम्झौता अनुसार २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म निर्यात सहमति दिएको हो ।
४८.५ मेगावाटको करूवा सेती हाइड्रोपावर र ३१.०४ मेगावाटको करूवा सेती हाइड्रोपावरको बिजुली पठाउन भारतले सहमति दिएको हो । यो अहिलेसम्म भएको छोटो अवधिको सम्झौता हो । नेपाल–भारतबीच मध्यकालीन (पाँच वर्ष) निरन्तर विद्युत निर्यातको सम्झौता हुँदै आएको थियो ।
प्रतिक्रिया