काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गतेदेखि २४ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जानकारी दिएको हो ।
कम्पनीका अनुसार तालिम बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंबाट भर्चुअल माध्यमबाट उक्त तालिम सञ्चालन हुनेछ ।
तालिममा सहभागी हुनको लागि कम्तीमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया