सेयर बजार

दोहोरो अंकले बढेको सेयर बजारमा ५ अर्ब ७५ करोडको कारोबार

सोमबार, ०९ भदौ २०८२, १५ : २४

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ । 

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, विकास हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले आज सर्वाधिक ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २० करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

 
सोमबार, ०९ भदौ २०८२, १५ : २४

प्रतिक्रिया