काठमाडौं–वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजनलाई नेपाल इको प्यानलले सघाउन थालेको छ । कार्यक्रममा नेपाल इको प्यानेलले प्रायोजन गरेर सघाउन थालेको हो ।
प्रत्येक वर्ष हुँंदै आएको भ्वाइस अफ वागीश्वरी यो वर्ष सिजन ४ सुरु भएको छ । यो वर्षको दोस्रो चरणको प्रतियोगिता पनि सम्पन्न भएको छ । कार्यक्रमका संयोजक नवीन्द्रलाल कर्माचार्यका अनुसार दोश्रो चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १५ विद्यार्थीहरूले भाग लिएका थिए ।
करिब ११ बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । दोश्रो चरणबाट नौ प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएको जनाइएको छ । दोश्रो चरणको निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगितकार गनुराज राई र गायिका सरिता प्रजापति रहनुभएको थियो ।
प्रतिक्रिया