नेप्से ४.८३ अंकले बढ्यो, ४ अर्ब रुपैयाँमाथि कारोबार

मंगलबार, १० भदौ २०८२, १५ : ५४

काठमाण्डौँ–साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । मंगलबार नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७ सय ६६.०९ विन्दुमा पुगेको हो । बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । अन्य समूह सर्वाधिक अर्थात १.४३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत, विकास बेंक १.२८, फाइनान्स ०.२३, होटल ०.२१, हाईड्रो ०.१४, जीवन बीमा ०.२४, म्युचुअल फण्ड ०.२० र व्यापार समूह ०.१२ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४८ प्रतिशतले घट्यो । यस्तै लगानी समूह ०.०७ प्रतिशत, लघुवित्त ०.३४ र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको ४८ करोड ९५ लाख बढीको सेयर कारोबार भएको हो ।

हिमालयन रि–इन्स्योरेन्सको २१ करोड ७१ लाख, एनआरएन इनफ्रास्ट्रक्चरको १९ करोड ४८ लाख र हिमालयन डिष्ट्रिलरीको १६ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ ।  
 

मंगलबार, १० भदौ २०८२, १५ : ५४

प्रतिक्रिया